कविता :- प्रेम पत्र
डियर जिन्दगी. . .
. . . . . . . मरुभूमीको उष्णतामा छट्पटाइरहेको यो घाइते मुटुलाई छट्पटाउन देऊ! बिन्ति . . . . मलम लगाउने चेष्टा नगर किनकी हजारौं चोटहरू आहत बनेको हृदयले सधैँ चोटहरूको अपेक्षा गरेको हुन्छ तसर्थ बरू प्रहार गरेर जाऊ ता'कि चोटहरूले कहिल्यै मेरो साथ नछोडुन् . . . . .
. . . . . . . . . . . थाहा छैन के सोचेर गुलाफको फूल ल्याएर मेरो चरणमा राखिदियौ अनभिज्ञ छु । के गरौँ राखौँ कि फालौँ ? हुन त जीवन सधैँ प्याउलीसँग रमाइरहेको हुँदा गुलाफ देख्दा टिपूँ टिपूँ लाग्दो रहेछ, टिपेर हृदयको माझमा सजाउँ झैँ लाग्दो रहेछ,
गुलाफको रंगहरूले जीवनका सादा पानाहरूमा रंग भरौँ भरौँ जस्तो लाग्दोरहेछ, टिपेर गुलाफलाई चुमौँ चुमौँ लाग्दो रहेछ, थाहा छैन मनमा अनेकौं इच्छा आकाङ्क्षाहरूले विष्फोट गराउँदो रहेछ, अनेकौं रहरहरु पलाउँदा रहेछन् . .
तर. . .
. . . . तर बाध्यता र विवशताको भूमरीमा पिसिएको जिन्दगीले सोच्न बाध्य पार्दोरहेछ. . . यो चरणको गुलाफलाई अँगालूँ वा फालूँ . . . . ?
कतै अँगाली हालेँ भने यो उष्णतामा कसरी जोगाउँला ? प्रेमको छहारी कसरी बनाउँला ? हरेक प्रहर "निशा" सँग हराएको जीवनले पूर्णिमाको उदीयमान कसरी गरौंला ?
नअँगालौँ भने निष्ठुरीको उपमा राख्ने हौ कि . . . . अँगालौँ भने म कसरी प्रेम गरुँ ? जहाँ प्रेमको अङ्कुरण नै छैन!
सोच्छु . . . .
प्रेम म गरुँ यस्तो जीवनले पुन: जीवन चाहोस् 💞 मरणको कल्पना सम्म नसोचोस् म चाहन्छु छटपटिमा रातहरू
काट्न नपरोस् कसैको बियोगमा आँखाहरू भिजाउन नपरोस् यस्तो प्रेम होस् जीवन चितामा रहँदा पनि केवल तिम्रो नाम जप्दै जीवनलाई समापान गर्न पाइयोस् . . . .
. . . . . तर. . .
तर . . जीवनले
. . . . . . ..जीवन समाप्त पारी सकेको बर्षौँ बितिसक्यो तसर्थ उदाङ्गो जीवन बोकेर म कस्तो प्रेम गरौँ छलको कि स्वार्थको तिमीसँग. . . . .?
ए गुलाफ तिमी मेरो चरणमा छौ
न उठाउन सक्छु , न कुल्चन सक्छु
ए गुलाफ. . . . . . . .
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment