Sunday, 21 November 2021

गजल

कहाँ दोष लाग्यो र खोटो बन्यो ऊ
सधैँ यादमा आउने फोटो बन्यो ऊ
! ! 
छ अन्तर निगालो र बाँसको तसर्थ 
उचो  जान  छोडेर  छोटो  बन्यो  ऊ
! ! 
बरूँ होस टालो छ सौँ-भाग्य  उस्को
त्यसैले  यहाँ  आज  भोटो  बन्यो  ऊ
! !


गजल 


यो जीवन कसैलाई भारी हुँदैछ
हृदय  आज  वारी र पारी हुँदछ
! ! 
अधूरो हुने भो कथा जिन्दगीको
प्रिया अन्त  जाने  तयारी  हुँदैछ
! ! 
रहरलाई मारेर हिड्दैछु झन् झन्
केलाई यो जीवन भिखारी हुँदैछ ?
! !
चुम्यौ हात मेरो म छुट्ने प्रहरमा
त्यसैले हृदय झन् बिमारी हुँदैछ 
! ! 
छरूँ फूल मैले कहाँ मात्र भन्नुस् ? 
कता बाट   उस्को सवारी हुँदैछ ?


रुवाएका हैनन यहाँ कसैका कुराले
आमा भन्दै  बोलायो  एउटा टुहुराले
! ! 
खबर छिट्टै पठाउनू ए परदेशी तिमी
माफ गर्नु है  भन्दैछन् सिन्दुर चुराले
! ! 
तिम्रो वचनमा के छ जान्ने मन भयो
यति साह्रो  रेट्ने  थिएन बरूँ छुराले 
! ! 
कति चोट दिन्छौ देउ  गुनासो रहन्न
आदत जो  भयो निका पार्ने  सुराले 
! ! 
एउटा ''योगी''को  प्रतिक्षा देखे  पछि 
पर्खने विचार बनाएछ एक कुरुवाले


No comments:

Post a Comment