Sunday, 21 November 2021

गजल

गजल


मेरो  जस्तै गुनासो रहेछ  सहरको
कसरी छेकौँ प्रहार उस्को नजरको? 
! ! 
धरती झर्ने चाह राख्यो जूनले पनि
जब देख्यो तिम्रो मुस्कान अधरको
! !
किनारा भैँ बाँच्ने रहर छोड जीवन्
कहाँ बुज्छ  नदीले  पीडा  बगरको
! !
सहयात्री बनूँ भने मूर्खता  लाग्ने छ
तिमी धावक म बैसाखी भै सफरको
! ! 
म आगो हुँ  मलाई डर छैन  म भित्रै
बरू चिन्त छ नजिक आउने खरको
! ! 




प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार 

No comments:

Post a Comment