Wednesday, 30 November 2022

गजल

गजल

आजकल दिलमा एउटै कुराको असर हुन्छ
म सोच्छु मुर्दाको कहाँ सम्मको सफर हुन्छ
! ! 
प्रेम कस्ले बनाएको होला यति अचम्मको खै
अन्तिम घडीमा पनि उनि सँगै बस्ने रहर हुन्छ
! ! 
बिन्ती मेरो शोकमा रुन छोडिदिनुस् आमा
नियतिको लेखा न मेटिन्छ न त बदर हुन्छ
! ! 
मेरो याद घरी घरी आउला प्यारी तिमीलाई 
शिर उठाइ हेर्नू तिम्रो प्यारा सधैँ  सगर हुन्छ
! ! 
म झैँ सम्झिएर सबैको नजिक नजानु तिमी
कहाँ मेरो जस्तै सबैको हेर्ने एउटै नजर हुन्छ

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर 
चितवन नेपाल 
हाल :- दोहा कतार

गजल

गजल




छौ यही भित्र दिलमा आभाष लाग्छ
अब तिमी मात्र मनलाई खास लाग्छ
! ! 
जब  रिसाएर  ठूला  आँखाले   हेर्छौ
भित्र मनमा अचानक सन्त्रास लाग्छ
! !
त्यो गगनमा मडारिन्छ मेघ जोड्ले 
तब बगरलाई झन् जलको आस लाग्छ
! ! 
पाल्न छोड्दे रहर तारा छुन्छु भन्ने
मार्छ पापी रहरले उठिबास  लाग्छ
!! 
छट्पटाएर हिड्दै थ्यो ऊ  बिछोड्मा
भन्नुहोस् दिल दुखे काँ उल्लास लाग्छ?


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार