Wednesday, 30 November 2022

गजल

गजल

आजकल दिलमा एउटै कुराको असर हुन्छ
म सोच्छु मुर्दाको कहाँ सम्मको सफर हुन्छ
! ! 
प्रेम कस्ले बनाएको होला यति अचम्मको खै
अन्तिम घडीमा पनि उनि सँगै बस्ने रहर हुन्छ
! ! 
बिन्ती मेरो शोकमा रुन छोडिदिनुस् आमा
नियतिको लेखा न मेटिन्छ न त बदर हुन्छ
! ! 
मेरो याद घरी घरी आउला प्यारी तिमीलाई 
शिर उठाइ हेर्नू तिम्रो प्यारा सधैँ  सगर हुन्छ
! ! 
म झैँ सम्झिएर सबैको नजिक नजानु तिमी
कहाँ मेरो जस्तै सबैको हेर्ने एउटै नजर हुन्छ

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर 
चितवन नेपाल 
हाल :- दोहा कतार

No comments:

Post a Comment