Monday, 2 October 2023

गजल

गजल 


हरेक फूलहरुको वरिपरि घुम्ने काम तिमीले नै गर्छौ 
अनि फेरि ए भमरा फूलको बदनाम तिमीले नै गर्छौ
!!
ओहो ! अजीवका कलाकार रहेछौ ए निस्ठुरी मान्छे 
फकाइ भिरमा लगेर घचेट्दै रामराम तिमीले नै गर्छौ
!!
म त पत्थरलाई पत्थर नै हो भनेर सत्य बोल्ने मान्छे 
बरु पत्थरलाई  द्यौता भन्दै छलछाम तिमीले नै गर्छौ
!!
हरपल हरक्षण तिमीलाई नै  सम्झिरहन्छु  ए निस्ठुरी
यहाँ  कहिले  पानी त  कहिले   घाम तिमीले नै गर्छौ 
!! 
को हो, कस्तो छ भनी उस्को अलिकति ख्याल नगरी 
रत्नपार्क भेटेँ भन्दैमा मुल्य अनि दाम तिमीले नै गर्छौ 

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल:- दोहा कतार

No comments:

Post a Comment