के के हुन्छ हुन्छ हे मेरी मुना म के भनौँ
खुल्न सक्छन् चोलीका तुना म के भनौँ
!!
यो मनलाई बाँधेर म नबसेको कहाँ होर
त्यो रुपको चलायौ जादु टुना म के भनौँ
!!
हुन्न भन्दा भन्दै चुम्यौ गुलाबी अधरले
हेर दुख्दैछ मुटुको छेउ कुना म के भनौँ
!!
यत्ति भन्दछु बुझ तिमी आफैले मेरी प्रिय्
यो दिल त्यो दिल भित्र छ थुना म के भनौँ
!!
तिम्रो एक्कै नजरले घाइते भएको दिल यो
दिनमा भन्दा रातमा दुख्छ चौगुना म के भनौं
No comments:
Post a Comment