गजल
क - कस्ले हुन्न भन्छ समय आए पछि
थोपा सागर भै वहन्छ समय आए पछि
!!
बेकामे भन्दै मिल्काए मलाई बगरमा
बेकामे ढुङ्गा मुर्ति बन्छ समय आए पछि
!!
चप्पलमा छस जुत्ता किन्ने हैसियत बना
दुनियाँले तँलाईनि गन्छ समय आए पछि
!!
सभामा बस्न दिएनन् फाटेको सारी देख्दा
आमाको सारी फेर्न मन छ समय आए पछि
!!
उसले छोड्यो भनि कत्ति दु:खी नभै मन
दु:खमा तलाई सम्झन्छ समय आए पछि
!!
"योगी" मरेको कुरा अखबारमा छाप्नुहोस
सत्रुकोनि मुटु धड्कन्छ समय आए पछि
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment