गजल
हृदय भित्र ज्वाँला , आँखामा सागर राखेर
ए मुसाफिर नजाउन आगो सङ्गै खर राखेर
!!
फूलको हिफाजत कसरी गर्छौ ए माली दाइ
सधै मन मस्तिष्कमा अनावश्यक डर राखेर
!!
यी ओठहरु अब कहिल्यै मुस्कुराउने छैनन्
बाँच्नु परेको छ सधै बन्धकीमा रहर राखेर
!!
अरु कै खुशीमा रमाउँछन् कैयौं फूलहरु
आफ्नो मुटुमाथी बारम्बार पत्थर राखेर
!!
प्रश्नमा चिठी सङ्गै गुलाब राखेर पठाएँ उनिलाई
छिट्टै उत्तर आयो मलाई चिठीसङ्गै जहर राखेर ।।
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
No comments:
Post a Comment