Monday, 2 October 2023

गजल

सबैले  तिमीलाई  बहुत  प्यार   गर्ने  छन्
चिता  माथि  लेटाएर   शृङ्गार   गर्ने   छन्
!!
गरूँ कसको पो विश्वास दोधारमा छ मन मेरो
यहाँ   घाउ   कोट्याइ  यो, उपचार  गर्ने  छन्
!!
अजिबका कलाकार रहेछन् यी दुस्मन पनि
कतै  मन्द  हाँसेर   कतै    वार   गर्ने   छन्
!!
गजबका  भेटाएँ   मैले  मायालु  जोडी क्यै
नदीमा  घचेट्दै   फेरि    उद्धार   गर्ने   छन्
!!
तिमी  आस राख्छौ  हर समय मित्र सम्झेर
बिना स्वार्थ कस्ले  तिम्रो उपकार  गर्ने छन्  ?

बहर :- तबील मुसम्मन सालीम
अर्कान :- १२२-१२२२/१२२-१२२२
काफीया बन्धन :- आर
रदीफ :- गर्ने छन्





No comments:

Post a Comment