गजल
छौ यही भित्र दिलमा आभाष लाग्छ
अब तिमी मात्र मनलाई खास लाग्छ
! !
जब रिसाएर ठूला आँखाले हेर्छौ
भित्र मनमा अचानक सन्त्रास लाग्छ
! !
त्यो गगनमा मडारिन्छ मेघ जोड्ले
तब बगरलाई झन् जलको आस लाग्छ
! !
पाल्न छोड्दे रहर तारा छुन्छु भन्ने
मार्छ पापी रहरले उठिबास लाग्छ
!!
छट्पटाएर हिड्दै थ्यो ऊ बिछोड्मा
भन्नुहोस् दिल दुखे काँ उल्लास लाग्छ?
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment