Tuesday, 12 April 2022

गजल

गजल


न सोचौं सधैँ भरी बहार आउनु पर्छ
जीवन पीडामा पनि मुस्कुराउनु पर्छ 
! ! 
घमण्ड किन गर्नू धन दौलतको यहाँ 
अन्तिम घडीमा चिता सजाउनु पर्छ

उनी अब  त अर्कैकी  भइ सकिन
मेरो  प्रेम म भित्रै  लुकाउनु पर्छ
! ! 
महोदय यो मेरो अधिकारको कुरा हो
आफुले आफुलाइ बदल्न पाउनु पर्छ
! ! 
मलाई यी बाटाहरुले के सोच्दा हुन् ?
दीनदीनै यहीँ पाइला घिस्याउनु पर्छ
! ! 
पश्चातपको रापमा सधैँ जल्नू भन्दा
नलुकाइ हृदयको कुरो बताउनु पर्छ
! ! 
केही पैसा जतन गर ए जुवाडेहरू हो
लाशलाई पनि कात्रोले सजाउनु पर्छ
! ! 

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार 

No comments:

Post a Comment