Wednesday, 16 February 2022

गजल

गजल


भएको छ दिल भित्र मनखत हजुरको
कसो  प्यार  नहोला छ सङ्गत हजुरको
! ! 
अधरमा छ  हाँसो नयन छन्  शिकारी
अझै के-के छन् सुन्छु आदत हजुरको
! ! 
दुई  ओठ   टोकी   नहेर्नूस्   म   हारेँ
लुक्यो जून  देखेर  हिक्मत  हजुरको
! ! 
भयो चाहिँदैनन्  अतितका कुनै  चिज
विगत सम्झिँदा हुन्छ भतभत हजुरको
! ! 
विचार मात्र राख्दा रिसायो नसोच्नुस् 
खुबै मन  परेको  छ   हर्कत  हजुरको


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल:- दोहा कतार

No comments:

Post a Comment