Wednesday, 16 February 2022

गजल

बारम्बार दिल   टुट्दा  प्यारबाट
बेखबर बन्ने  मन भो घरबारबाट
! ! 
आउ कोही जहर पिलाएर  जाउ
उनि बिना बाँचू  कुन आधारबाट
! !
घमंडको कमि कहाँ  हो र म मा
मात्र प्रेमको युद्ध हारेँ विचारबाट
! ! 
आगो आगोमै बलेर समाप्त भयो
टाढा बसेन कहिले अहङ्कारबाट
! ! 
एक मुस्कान काफी प्राण हर्नलाई
मार्ने इच्छा किन भो  औजारबाट? 
! !


प्रकाश पाठक "योगी"

No comments:

Post a Comment