अर्कान :- १२२×४
गजल
बुझेँ निष्ठुरीको कहाँ दिल हुनेछ
जहाँ दिल छ दुख्ने त्यहाँ खिल हुनेछ
! !
कसैले धकेल्दै बगरमा पुरायो
बिना दिल उसैलाई मुस्किल हुनेछ
! !
कहाँ राख्नु त्यो प्यार दिलमा छ घाउ
नयन माझ झन् आँसु टिलपिल हुनेछ
! !
सधैँ गर्जि दे न बादल सगरमा
बगरको छुट्या प्यार हाँसिल हुनेछ
! !
भौतारिन्न प्यारी गलत सोच्न छोड्नु
कुवाको कुलो मात्र मञ्जिल हुनेछ
प्रकाश पाठक "योगी"
भरतपुर चितवन
नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment