मुक्तक
राखेर मनमा पाप भलाद्मी बन्ने धेरै छन्
समिप राम्रो पछाडी खाडल खन्ने धेरै छन्
व्यर्थै नाता चर्किएला मित्र आज झर्किएला
सोचेर गोबरलाई पनि माटो हो भन्ने धेरै छन् ।।
मुक्तक
राखेर मनमा पाप भलाद्मी बन्ने धेरै छन्
समिप राम्रो पछाडी खाडल खन्ने धेरै छन्
व्यार्थै नाता चर्किएला मित्र आज झर्किएला
सोचेर गोबरलाई पनि माटो हो भन्ने धेरै छन् ।।
मुक्तक
बढ्छ ढुकढुकी केही विशेष थियो भन्न गाह्रो भो
दु:ख सुखको सहयात्री अब भने बन्न गाह्रो भो
उपहार स्वरुप रातो बाकस आउछ तिम्रो नाममा
नभन्नु प्रिय, तिम्रो नामको चिहान खन्न गाह्रो भो ।।
मुक्तक
यस्तै रैछ मन सधैँ रुँदै सम्हाल्नै पर्ने रै'छ
ब्यथाका भारी बोकी पाउ चाल्नै पर्ने रै'छ
तिमीसँग सम्बन्ध गाढा छ भनि नहुने क्यारे
मरे त सड्छ लाश र त परै फाल्नै पर्ने रै'छ ।।
No comments:
Post a Comment