Saturday, 22 June 2019

गजल

गजल स्वतंत्र

मनैका  कुरा  हुन्  मनैमा रह्यो झन्
नभेट्दा तिमी फूल बनैमा रह्यो झन्
! !
सधैँ  चोट  खाँदा  रुपै   फेर्छ   धातू
छ पिट्दै यहाँ  घन् घनैमा रह्यो झन्
! !
बरु  दु:ख  बुझ्ला दुखी  मन  हुनेले
धनी मन सधैँ त्यो धनैमा रह्यो झन्
! !
परी हौ कि साँच्चै तिमी अप्सरा हौ
हटेनन् यी आँखा तनैमा रह्यो झन्
! !
भयो  प्यार  दुश्मन्  यता  चाहिदैन
सधैँ  बैँस  एक्लो  पनैमा  रह्यो झन्

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment