मुक्तक
उडेर सिमलको भुवा कहाँ जाने होला
अचानक सुकेर त्यो कुवा कहाँ जाने होला
बर्मा गए कर्म सँगै, नेपाल गए कपाल सँगै
झोला भिरेर एउटा बटुवा कहाँ जाने होला ।
माया हो कि मात्र हो तनको चाहा थाहा छैन
उनिलाई प्रेम कम गर्छुकि अथाहा थाहा छैन
सधैँ एउटा आकृति घुमिरहेकोछ यो नजरमा
प्रेमी बनाउँछकि बनाउँछ बौलाहा थाहा छैन ।
प्रकाश पाठक "योगी"
भरतपुर २३ झगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment