Sunday, 30 May 2021

गजल

मेरा लागी फूलको सन्सार बोकेर 
को आउँछ खै चोखो प्यार बोकेर
! !
मैले क्रोधको सामु मुस्कान राखेँ
तर पनि ऊ आयो औजार बोकेर
! ! 
जाँदैछ बा'लाई उपहार दिन आजै
परदेशी छोरा ठूलो  बिमार बोकेर 
! ! 
बर्मा गए कर्म, नेपाल गए  कपाल
सहर पस्छन् कोही परिवार बोकेर
! ! 
जनता  एम्बुलेंस  नपाएर मर्दैछन् 
हेलिकप्टर उड्यो  सरकार बोकेर


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार 

Thursday, 27 May 2021

गजल

गजल अभ्यास 





सुख कहिल्यै दिएन तकदीरले पनि
त्यसैले साथ   छोड्दैन  पीरले  पनि
! ! 
पैसाको वजन बढी भएर   नै  होला 
झुक्न सिके स्वाभिमानी शिरले पनि
! ! 
तिमी माया माया भनी जति कराऊ
मिलन गराउन पर्दछ लकीरले  पनि
! ! 
दिनेले पनि बोलिमा मीठास राख्नुस
नत्र भोको नै  बनाउदछ  खिरले पनि
! ! 
साचै मायाको प्रभाव बढी भो  क्यारे
"योगी"भनेको भान भो तस्वीरले पनि


प्रकाश पाठक "योगी''
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Wednesday, 26 May 2021

गजल

गजल



अंहकारले स्वंय सकिन्छ ज्ञात हुनु पर्छ
मुर्खले पनि शिक्षा  दिन्छ ज्ञात हुनु पर्छ
! ! 
मै हुँ सर्वे सर्वा अहम पालेर नहिँड्नुस्
आखिर बगरमा मेटिन्छ ज्ञात हुनु पर्छ
! !
सधैँ विहानै मन्दिर किन  जान्छ मान्छे
नकसैको भाग्य लेखिन्छ ज्ञात हुनु पर्छ
!! 
तिम्रो बारेमा बताऊ भन्दा रिसायो "ऊ"
अज्ञातकै परिचय सोधिन्छ ज्ञात हुनु पर्छ
! ! 
आफ्नो मुखको प्रयोग गर्नु पूर्व सोच्नुस्
रुखो वचन दिल घोचिन्छ ज्ञात हुनु पर्छ
! ! 
अर्धनग्न हुने वस्त्र धारण नगर्नुस्  नारी
थाहै नपाई इज्जत हरिन्छ ज्ञात हुनु पर्छ


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Saturday, 22 May 2021

गजल

गजल




एउटा आकृति आएर बस्यो नजरमा
थोरै मित्र धेरै दुश्मन भेट्टाएँ सफरमा
! !
जे पर्ला पर्ला दिल  छोडेँ  मायालाई
शिखर चढाउँछ  वा  लान्छ बगरमा
! ! 
बरु केही लालच  त्यागी दिनु  तिमी
चोखो  माया  छुट्ला धनको रहरमा
! ! 
झुटा कसमहरू किन खान्छौ  मान्छे
विस्वासबाटै विस्वास मर्छ अक्सरमा
! ! 
ऊ प्रेमले गर्दा "योगी" बन्न बाध्य भो
रगतले कोरेका प्रेमपत्र पर्दा बदरमा



प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Friday, 21 May 2021

गजल

गजल



थाहा छैन मलाई  किन -  किन  गाह्रो भो
निष्ठुरीले दिएको चोटहरू मेटिन गाह्रो भो 
! !
जाँदा जाँदै थोरै जहर दिएर जाऊ   प्रिया, 
तिमी बिना एक्लै एक्लै तड्पिन गाह्रो भो
! ! 
बारम्बार चोटहरू यही दिलमा लाग्दा खेरी
साहारा माग्नेहरुलाई  हात  दिन गाह्रो  भो 
! ! 
मै हूँ तिम्रो शुभचिन्तक सधैँ खबर  सोध्ने
तिमीले त एकपल पनि सम्झिन गाह्रो भो
! ! 
कयौं चोट लाग्दानि याद आउँछ निष्ठुरिकै
थियो के साइनो हाम्रो  सिद्धिन  गाह्रो भो




प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार