गजल
थाहा छैन मलाई किन - किन गाह्रो भो
निष्ठुरीले दिएको चोटहरू मेटिन गाह्रो भो
! !
जाँदा जाँदै थोरै जहर दिएर जाऊ प्रिया,
तिमी बिना एक्लै एक्लै तड्पिन गाह्रो भो
! !
बारम्बार चोटहरू यही दिलमा लाग्दा खेरी
साहारा माग्नेहरुलाई हात दिन गाह्रो भो
! !
मै हूँ तिम्रो शुभचिन्तक सधैँ खबर सोध्ने
तिमीले त एकपल पनि सम्झिन गाह्रो भो
! !
कयौं चोट लाग्दानि याद आउँछ निष्ठुरिकै
थियो के साइनो हाम्रो सिद्धिन गाह्रो भो
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment