मेरा लागी फूलको सन्सार बोकेर
को आउँछ खै चोखो प्यार बोकेर
! !
मैले क्रोधको सामु मुस्कान राखेँ
तर पनि ऊ आयो औजार बोकेर
! !
जाँदैछ बा'लाई उपहार दिन आजै
परदेशी छोरा ठूलो बिमार बोकेर
! !
बर्मा गए कर्म, नेपाल गए कपाल
सहर पस्छन् कोही परिवार बोकेर
! !
जनता एम्बुलेंस नपाएर मर्दैछन्
हेलिकप्टर उड्यो सरकार बोकेर
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment