Wednesday, 28 August 2024

कविताको स्वरुप

- नेपाली साहित्यकारहरूका दृष्टीमा कविता ----

"भावनाको बौद्धिक कोमलता नै कविता हो"
-बालकृष्ण सम

"मीठो कविताको बोली चराको बोली झैं लाग्दछ । कविता निष्प्रयत्न निस्कन्छ ।कविताको लयदार मिठास र मोहनीले हृदयलाई इन्द्रेणीले पक्रेर लगेझैं लाग्दछ"
- महाकवि लक्ष्मीप्रसाद देवकोटा

"शब्द, संगीत, अर्थ र अभिप्रायमा तदाकार भएर जो अनौठो अनुभूति हुन्छ, त्यही नै कविता हो"
- राष्ट्रकवि माधवप्रसाद घिमिरे

"तीव्रगामी कल्पनाको घोडामाथी अनुभूतिको काठी कसी विचारको लगाम पक्रेर भावुकता चढेको नै कविता हो"
- केदारमान व्यथित

"कविता जीवनजगतका मूल्यवान अनुभवको काल्पनिक कलात्मक बद्द वा मुक्त लयात्मक भाषिक सङ्कथन हो"
- वासुदेव त्रिपाठी 

"
मनलाई प्रभावित पार्ने रमणीय पद्यमय वा गद्यमय वर्णन नै कविता हो"
- बालचन्द शर्मा

"पद्य लयमा कथ्यको अभिव्यक्ति गर्ने भाषिक संरचनालाई कविता भनिन्छ"
- मोहनराज शर्मा 

"जीवनको क्रममा प्राप्त विभिन्न भाव, विचार र अनुभूतिविशेषको तीव्र र सम्पूर्ण अभिव्यक्ति नै कविता हो"
- मोहनहिंमाशु थापा

Thursday, 22 August 2024

ए याद यसरी

ए  याद   यसरी  नतड्पा मलाई 
सक्छस   चितामा  जला मलाई
!!
सधै  भर  सफरमा एक्लो हुनाले
लाग्न छोड्यो कोही सखा मलाई
!!
भमराले खुशी लुटेको म फूल हूँ 
नभन्नु हाँसो ओठमा सजा मलाई 
!!
वियोगमा रुँदा  रुँदै आँसु सकिएछ
नसुनाउनु सारङ्गी दाइ कथा मलाई 
!!
"प्रकाश"आफैमा"प्रकाश"भै बस्दछ
चाहिँदैन त्यस्तो कुनै " छटा" मलाई 


दुखेको दुख्यै छ

गजल

यो मन हुन्छ छिन्नभिन्न म के गरूँ 
सम्झनेले पनि सम्झिन्न म के गरूँ 
!!
कैयौं रात आँसुले गह भिजाउँदानि
आँखाको  सागर रितिन्न  म के  गरूँ 
!!
तिमै कारण एक प्रेमी पागल भएछ
तिमी बिना कसै उ सुध्रिन्न म के गरूँ 
!!
सिद्धियो सबै उनले अर्कै रोजे पछि
तर उनको याद सिद्धिन्न  म के  गरूँ 
!!
मर भन्दै छोडेकाले  पानी पिलायो
किन जहर दिइ मर्न दिन्न म के गरूँ ।।


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार




मुक्तक 

आखिर कसरी गरौं जिन्दगीसङ्ग अब   मैले  सम्झौता भन्नुहोस् 
"बा" बाटै  बलात्कृत भएँ , छोरी भन्नू  हुन्छ  कि सौता भन्नुहोस् 
यौटा जटिल मुद्दा लिएर हजुरको अदालतमा उभिन आएको छु 
आमा आफ्नै श्रीमानलाई राक्षस भन्नू हुन्छ कि द्यौता भन्नुहोस् ?

प्रकाश पाठक "योगी"
भरतपुर २३


✍️

दुखेको   दुख्यै   छ  हिजोबाट छाती
के   अनिष्ट   हुन्छ  मेरो जीवन माथी
!!
तिमी बस्ने  मुटु   झनै   दुख्न थाल्यो
गए  पछि   तिमी  बेलुन जस्तै फाटी
!!
अधिक  प्रेम  गर्नु  मेरो   भुल  भएछ 
लायक सम्झे मलाई गर्नू प्रिया माफी
!!
नजरमा   बसेको   छ उन्को  तस्बिर 
बगाउनै  सकिन    आँसुले   पखाली
!!
तिम्रो हातको पानी पिउन पाए प्रिया 
प्राण त्याग्न  सक्थेँ  मैले  हाँसीहाँसी ।

प्रकाश पाठक "योगी"
भरतपुर २३ नेपाल 
हाल :- खाडीबाट




Saturday, 3 August 2024

सुस्तरी

✍️

सुस्तरी    सन्ध्या    ढलेको   बेलामा 
तिमी आउनु यो मन जलेको बेलामा
 !!
किन  आउँछ    याद   तिम्रो  यसरी 
साँझमा   दियो    बलेको    बेलामा 
!!
दुई तनको   मिलन  हुने चाह बढ्छ
गाजल,लाली उनले दलेको बेलामा 
!!
उडाउला   पछ्यौरी सम्हाल पियारी
सिरसिर  हावा    चलेको    बेलामा 
!!
अमृत बन्छ तिम्रो  त्यो मधुर बोली
थकानले यो ज्यान गलेको बेलामा ।।

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल 
हाल :- दोहा कतार 
०३/०४/२०८१ शुभम