Thursday, 22 August 2024

दुखेको दुख्यै छ

गजल

यो मन हुन्छ छिन्नभिन्न म के गरूँ 
सम्झनेले पनि सम्झिन्न म के गरूँ 
!!
कैयौं रात आँसुले गह भिजाउँदानि
आँखाको  सागर रितिन्न  म के  गरूँ 
!!
तिमै कारण एक प्रेमी पागल भएछ
तिमी बिना कसै उ सुध्रिन्न म के गरूँ 
!!
सिद्धियो सबै उनले अर्कै रोजे पछि
तर उनको याद सिद्धिन्न  म के  गरूँ 
!!
मर भन्दै छोडेकाले  पानी पिलायो
किन जहर दिइ मर्न दिन्न म के गरूँ ।।


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार




मुक्तक 

आखिर कसरी गरौं जिन्दगीसङ्ग अब   मैले  सम्झौता भन्नुहोस् 
"बा" बाटै  बलात्कृत भएँ , छोरी भन्नू  हुन्छ  कि सौता भन्नुहोस् 
यौटा जटिल मुद्दा लिएर हजुरको अदालतमा उभिन आएको छु 
आमा आफ्नै श्रीमानलाई राक्षस भन्नू हुन्छ कि द्यौता भन्नुहोस् ?

प्रकाश पाठक "योगी"
भरतपुर २३


✍️

दुखेको   दुख्यै   छ  हिजोबाट छाती
के   अनिष्ट   हुन्छ  मेरो जीवन माथी
!!
तिमी बस्ने  मुटु   झनै   दुख्न थाल्यो
गए  पछि   तिमी  बेलुन जस्तै फाटी
!!
अधिक  प्रेम  गर्नु  मेरो   भुल  भएछ 
लायक सम्झे मलाई गर्नू प्रिया माफी
!!
नजरमा   बसेको   छ उन्को  तस्बिर 
बगाउनै  सकिन    आँसुले   पखाली
!!
तिम्रो हातको पानी पिउन पाए प्रिया 
प्राण त्याग्न  सक्थेँ  मैले  हाँसीहाँसी ।

प्रकाश पाठक "योगी"
भरतपुर २३ नेपाल 
हाल :- खाडीबाट




No comments:

Post a Comment