ए याद यसरी नतड्पा मलाई
सक्छस चितामा जला मलाई
!!
सधै भर सफरमा एक्लो हुनाले
लाग्न छोड्यो कोही सखा मलाई
!!
भमराले खुशी लुटेको म फूल हूँ
नभन्नु हाँसो ओठमा सजा मलाई
!!
वियोगमा रुँदा रुँदै आँसु सकिएछ
नसुनाउनु सारङ्गी दाइ कथा मलाई
!!
"प्रकाश"आफैमा"प्रकाश"भै बस्दछ
चाहिँदैन त्यस्तो कुनै " छटा" मलाई
No comments:
Post a Comment