✍️
सुस्तरी सन्ध्या ढलेको बेलामा
तिमी आउनु यो मन जलेको बेलामा
!!
किन आउँछ याद तिम्रो यसरी
साँझमा दियो बलेको बेलामा
!!
दुई तनको मिलन हुने चाह बढ्छ
गाजल,लाली उनले दलेको बेलामा
!!
उडाउला पछ्यौरी सम्हाल पियारी
सिरसिर हावा चलेको बेलामा
!!
अमृत बन्छ तिम्रो त्यो मधुर बोली
थकानले यो ज्यान गलेको बेलामा ।।
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
०३/०४/२०८१ शुभम
No comments:
Post a Comment