"गजल"
अन्धकार चिर्नलाई जूनको कमी थियो
म खुशी हुनलाई उनको कमी थियो
!!
मुटुभरी प्यार सङ्गालेर फर्कियो परदेशी
पियारीलाई प्यार हैन सुनको कमी थियो
!!
म प्रेम वियोगमा अचेत भै लढेको थिएँ
यहाँ डाक्टरले भनेछ खूनको कमी थियो
!!
कसैले हाल खबर सोधे भने मेरो बारेमा
भन्नु है उस्लाई आज नुनको कमी थियो
!!
कात्रो र बाँस मेरो नाममा राखेछ सत्रुले
मात्र एकोहोरो शङ्ख धुनको कमी थियो
No comments:
Post a Comment