"गजल"
उही साधू लाग्छ अनि उही चोर लाग्छ
मनुष्य रूपी कोही हराम खोर लाग्छ
!!
दिँदा भिक्षा थोरै भन्छ श्राप दिन्छु
यहाँ सधैँ माग्नेकै बढी जोर लाग्छ
!!
यता बाग रित्याएर उता मुना रोपेँ
किन निष्ठुरीकै माया घनघोर लाग्छ
!!
आफ्नो माया पवित्र गंगाजल लाग्ने
अरूको माया सदैव फोहोर लाग्छ
!!
मुहार छ यस्तो म वर्णन कसरी गरूँ
चरित्र भने कसैको किन कोर लाग्छ
प्रकाश पाठक ''योगी"
भरतपुर २३ जगतपुर
चितवन
हाल :- चेन्नई भारत
No comments:
Post a Comment