Monday, 30 April 2018

स्वतंत्र गजल

गजल

नदी लाख उर्लोस् सागर बन्दैन
मानव झैँ कदापि  बाँदर बन्दैन
!!
शंका बढी आचरण खराब हुँदा
स्त्री-पुरुषको कुशल  घर बन्दैन
!!
सदैव बिचार पुर्याएर कार्य गरौं
नत्र, इज्जतको  धरोहर  बन्दैन
!!
बैँशमा मोज गर्दै नहिँड है  प्रिया
बुढेशकालमा गतिलो थर बन्दैन
!!
व्यथा साँची नाता नजोड्नु कतै
पीडामा कै'ले राम्रो सफर बन्दैन

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
          चितवन
हाल :- चेन्नई भारत

No comments:

Post a Comment