Friday, 20 April 2018

"छन्द गजल"

छन्द :- घिमिगेला
गण :- ज त य य
सूत्र :- isi ssi iss iss
विश्राम :- ५ मा

अचम्म बन्ला   रमिता जिन्दगीमा
म लेख्छु यौटा कविता जिन्दगीमा
!!
खुशी छु भन्दै सकियो जिन्दगी यो
हजार   बेथा   छ तिता जिन्दगीमा
!!
नसोध  जै'ले   सकिए  बात  जम्मै
सधै छ  प्यारो अनिता  जिन्दगीमा
!!
खुशी छु जाद्रै  भगवान् भेट भो झैँ
भएर माता  र  पिता    जिन्दगीमा
!!
म भाग्यमानी जति नै रै'छु ओहो!
नसीब  पर्या छ  चिता जिन्दगीमा

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
           चितवन
हाल :- चेन्नई भारत

No comments:

Post a Comment