Wednesday, 25 April 2018

मुतकारिब गजल

"गजल"

अधूरो  छ  माया म गाढा छ भन्थेँ
भयो  अन्धकार  म तारा  छ भन्थेँ
!!
भयौ  दूर  जै'ले  छ  पीडा हियामा
छदै  छैन  केही  म  माया छ भन्थेँ
!!
उनै शत्रु कङ्श थिए खास  आफ्नै
रमाएर   जै'ले  म  मामा  छ  भन्थेँ
!!
सबै  मर्न खोज्थे  यहाँ चुड्न पुष्प
डराएर भाग्थेँ   म काँडा  छ  भन्थेँ
!!
छ कस्तो नेपाल  मलाई  सोधे क्वै
नदी,ताल,झर्ना  म  छाँगा छ भन्थेँ

बहर :- मुतकारिब

No comments:

Post a Comment