"गजल"
मनैमा छ पीडा हिया यो दुखेर
गयौ आज टाढा मलाई थुकेर
!!
म माली हुँ भन्थ्यौ भयो के बताऊ
बगैँचा यो त्यागी हिड्यौ है उठेर
!!
सधै राज गर्छ्यौ म माथी तिमीले
यहाँ बस्न गाह्रो छ नाता टुटेर
!!
थिएँ लास जस्तै भुँईमा ढलेको
पस्यो प्राण मेरो अधरमा चुमेर
!!
भयो दु:ख जै'ले बचनको प्रहारले
यहाँ रून्न भन्थेँ म रोएँ दुखेर
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment