"गजल"
दियौ चोट कैयौँ मरौँ झैँ हुँदैछ
बगरमा म आजै झरौँ झैँ हुँदैछ
!!
कतै छैन माया सधैँ दु:ख पाएँ
खुशी खोज्न अन्तै सरौँ झैँ हुँदैछ
!!
भयो घात ठूलो उसैबाट जै'ले
हुँदै मौन खोली तरौँ झैँ हुँदैछ
!!
यसै बस्छु खान्छु छँदै छैन धन्दा
कुनै काम राम्रो गरौँ झैँ हुँदैछ
!!
म हैरान भा'छु छ बाँझो धरा यो
मकै,जौँ गह्रामा छरौँ झैँ हुँदैछ
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment