कविता :- मेरी पियारी
हे मेरी काली आँखी भौँ फाली मज्जाले रमायौ
चियामा नुन हालेको चिया ल्याएर थमायौ
जमाना कस्तो आएछ लौन गाह्रो छ मलाई
भान्छामा भात डढेको देख्दा के भनौ कलाई?
!!
पियारी मख्ख चलाई फोन बसिछिन् निर्धक्क
हे दैव! आज प्रियाको चाल बनायो है छक्क
जमाना कस्तो थुतुनो बाङ्गो शरीर छ नाङ्गो
संस्कृति उस्तै बनेको छ झन् धरामा उदाङ्गो
!!
के आयो फोन भन्ने यो बस्तु संसार दङ्ग छ
अरू त छोडौ बूढी नै हेरौँ झन् कति मख्ख छ
मदन साच्चै मुनाको कथा लेख्ने नै थिएन
यो फोन भए मदन मुना देख्ने नै थिएन
!!
रातो छ केश ओठमा लाली के गर्या ए काली
म केही बोलेँ रिसाई बस्छे थुतुनो उचाली
छोरा र छोरी बिग्रिए उस्तै आमाको सिको छ
वचन ओहो! म के नै भनौँ साह्रै नै तिखो छ
!!
लगाई जामा बुढेश काल्मा ढल्किदैँ हिड्दछे
कालो छ छाला लगाई क्रिम टल्किदैँ हिड्दछे
सकिन मैले सुधार्न बुडी उपाय चाहियो
विवाह गरी हे दैव झनै दु:ख पो पाईयो
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment