"गजल"
मानव हौँ हामी नगरौं अँहङ्कार
काल सामु पर्दा सबको हुन्छ हार
!!
बोल्दा विचार गरेर बोल्नु सधैँभरी
प्रेमील बोलिमा पनि हुने रै'छ धार
!!
माया जागेर तिमीलाई बोलाएको
रीस उठ्दैमा भन्नै पर्दछ त मुर्दार ?
!!
मन पढ्न सिक्नु झुक्काउँछन् यहाँ
आफ्नै शत्रु जस्तै हुनेछन् खुङ्खार
!!
प्राप्ति मात्र नहुने रै'छ यहाँ मायामा
बुझे बाँच्न सरल छ यो पापी संसार
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment