Sunday, 15 April 2018

स्वतंत्र गजल

"स्वतन्त्र गजल"

के थियो चाहना, झर्किएर गयौ
आयौ भेट्न पुनः फर्किएर गयौ
!!
बगर बनि नदीलाई पर्खिएर बसेँ
सागर भेट्ने होडमा तर्किएर गयौ
!!
एउटै थियो  मन   ढुकढुकी एउटै
खै के भेट्टायौ अन्त  चर्किएर गयौ
!!
सधैँ पूजापाठ गर्थ्यौ के भो आज
मेरै  नामको टिलो   छर्किएर गयौ
!!
सकिनौ बाहिरिन  घोच्यौ  हियामा
आँसु बनी आँखाबाट दर्किएर गयौ

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

No comments:

Post a Comment