Sunday, 15 April 2018

स्वतंत्र गजल

"स्वतन्त्र गजल"

चालेका हरेक कदम रोकेर बस्यौ
भुँइमा पाउ आफ्नै   ठोकेर बस्यौ
!!
यथार्थ नबुझी  रिसायौ  एकाएक
क्रोधको भारी बनाई बोकेर बस्यौ
!!
न्याय गर्छौ कस्तो एकतरफा मात्र
तँ होस् दोषी  भन्दै  तोकेर  बस्यौ
!!
थिएँ काममा  ब्यस्त गर्यौ शङ्का
भन्दछ्यौ  टन्न रक्सि धोकेर बस्यौ
!!
दाईजोको बहानामा  बुहारी कुटेर
महिला  हिँसा भन्दै खोकेर  बस्यौ

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

No comments:

Post a Comment