"गजल"
लुकाएर राख्नु है टिपेर लैजालान्
बगैँचाको फूललाई चुँडेर लैजालान्
!!
गहना हो इज्जत स्वयम् बचाउनु
जबर्जस्ति यहाँ लुछेर लैजालान्
!!
पीर नगर्नु पियारी ठूला भए अब
छोराछोरीले मकै भुटेर लैजालान्
!!
खबर गर्न नपाए म मरेको पियारी
बुझ्नु है त शङ्ख फुकेर लैजालान्
!!
कति सत्रु छन्, कति मित्र छन् मेरा
श्रद्धाञ्जलीमा पुष्प सोचेर लैजालान्
प्रकाश पाठक ''योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment