"गजल"
रहर लाग्छ जै'ले गरूँ क्यै धरामा
मकै जौँ छरौँला म बाँझो गरामा
!!
उडुञ्जेल अग्ला शिखरमा घुमिन्छ
छुँदै व्योम घुम्ने छ इच्छा चरामा
!!
बढी अन्न फल्नै नसक्ने भयो खेत्
छदै छैन थोरै यहाँ मल जरामा
!!
जसै पूर्व चम्की उदाए बिहानी
फुले फूल मनका कुना कन्दरामा
!!
छ सौन्दर्य साह्रै जहाँ हेर राम्रो
झनै स्वर्ग झैँ यो छटा पोखरामा
प्रकाश पाठक ''योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment