Wednesday, 14 March 2018

मझौला झ्याउरे कविता

कविता :- परी

परेली केश,बाटुलो माथ,सुन्दर देखियौ
स्वर्गकि परी साक्षात आज धरामा भेटियौ
देखेर तिमी यो मन मेरो रहेन ठाउँमा
जिन्दगी मेरो अर्पित गरेँ तिम्रो नै नाउँमा
!!
हँसिलो मुख, चुच्चो त्यो नाक गाँजलु आँखा छ
कोकिल कुण्ठ, मधुर स्वर झन् मिठो भाका छ
मिलेका आहा! लहर दन्त  ओठमा
लाली छ
श्रृंगार चट्ट सुहायो अझै कानमा बाली छ
!!
आकाश छुन निस्किए वक्ष हिमाल जसरी
उर्लेर  आयो बैँशको वेग थामौली कसरी
बारूली लाग्छ कम्मर तिम्रो मृग झैँ नयन
कहिल्यै   पनि  भएन यहाँ  मनमा चयन
!!
समीप बस्दै कोमल हात चुम्ने छ रहर
अनेकौं कुरा मनमा खेल्छ नखोल अधर
छ माया भनि खुलेर तिमी भन्दिए हुन्थ्यो'नि
म राजा तिमी चै रानी बन्दिए हुन्थ्यो'नि
!!
फिजाईँ केश हिड्दछौ जब अप्सरा लाग्दछ
बेचैन हुन्छ  मनमा   तब    निद्रा  नै भाग्दछ
बैँसालु रोग मनमा मेरो अग्लिदै गा'को छ
मनमा रह्यो गम्भीर कुरा मुटु झन् खा'को छ
!!

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

No comments:

Post a Comment