Friday, 16 March 2018

कविता :- चुरोट

कविता :- "साच्चै म चुरोट भएको भए"

दु:खमा पनि काम लाग्ने,
खुशीमा पनि काम लाग्ने,
भट्टीमा पनि काम लाग्ने,
घरमा पनि काम लाग्ने,
विवाह, भोज, भतेर,
सानो, ठूलो, धनी, गरिब
चारैतिर मलाई खोज्थे
साच्चै म चुरोट भएको भए.....

जब म डब्बाको घरमा हुन्थेँ
बिस्तारै घरबाट झिकेर
दुईटा औंलामा च्यापेर
मलाई सबैले मायाले
'म्वाई' खान्थे म लजाई
रहन्थे र बिस्तारै लाज
छुपाउनलाई आफ्नै
जवानी लुटाई दिन्थेँ
मलाई माया गर्ने हजार
थिए सबैले आफ्नो साथमा
राख्थे.... साच्चै म चुरोट भएको भए

श्रीमती लाई छोडी अँगाल्थे,
बाबा आमालाई ढाटेर मलाई माया
गर्थे... अझ सबैको प्यारो रहन्थे

अझ भन्नु पर्दा किशोर अवस्थाका
युवतीहरूले मलाई हातले समाएर
चुम्बन गर्दा काउकुती लाग्ने थियो
म आफैलाई बिर्सिदिन्थे....
उनिहरूको खुशीको लागी
जलि दिन्थेँ, बलि दिन्थेँ
यो बैँस, यो जवानी
खुशी -खुशी लुटाई दिन्थेँ
साच्चै म चुरोट भएको भए.......

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल:- चेन्नई भारत

No comments:

Post a Comment