"मुक्तक"
बारम्बार रूवाउन अतीत किन आउँछ
दु:ख सुखको अनौठो रीत किन आउँछ
बल्लतल्ल मुटुको चोट निको हुँदै थियो
बल्झाउन उही पुरानो गीत किन आउँछ।
"मुक्तक"
उदास भनुँ भने म उदास पनि छैन
जिन्दगी मेरो आज खास पनि छैन
यता उता भौँतारिएरै गयो जीवन यो
जीवित नै छु मुर्दा झैँ लास पनि छैन।
No comments:
Post a Comment