Sunday, 18 March 2018

गजल

"गजल"

स्याँ-स्याँ भो बूढी म मर्छु होला
तलाई छोडी बसाई सर्छु होला
!!
नरोएस् एक्लै हुँदा एकान्तमा
सायद भोली बगर झर्छु होला
!!
पाप हैन पुण्य गरेको  छु मैले
सिधै स्वर्ग लोकमा तर्छु होला
!!
सँगैको सहयात्री छोडेर हिँडेछु
दोबाटोमा  अलपत्र पर्छु होला
!!
अजान ठाउँ,तिमी साथ   छैनौ
एक्लै त्यहाँ कसो पो गर्छु होला

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

No comments:

Post a Comment