कविता :- सुन्दर नेपाल
सौर्न्दर्य खोज्दै हिडेका देखेँं मानव अति नै
सुन्दर शान्त देख्दैनन् देश बिग्रेछ मती नै
सलल बग्ने नदी ती सबै यही नै पर्दछन्
मूर्खले सधै वखान भने अन्तको गर्दछन्
! !
फेवा र रूपा ताल छन् राम्रो पोखरा शहर
विदेशी भूमी सुन्दर देख्ने के छ त्यो नजर
चितवन् घुमौं सौराह डुलौँ गैँडा र हात्ती छन्
डाँफे, मुनाल, मयूर हेर रूँखको माथी छन्
! !
चियाको बगान् ईलाम हेर राम्रो छ शहर
जहिल्य जान्छु छुर्पी नै खान्छु पुगेन रहर
हरियो वन नेपालको धन जोगाई राखौँ है
बसमा चढी सरर अब पश्चिम लागौँ है
! !
देशमा राम्रो हिमाल हाम्रो विश्वमा सान छ
आटो र ढिँडो नेपाली खाना बलियो ज्यान छ
समाज हाम्रो मिलेको ओहो ! कहाँ छ भन त
हरेक जात जातीमा हेर नेपाली पन छ
! !
सुदूर हेर 'खप्तड' राम्रो ,मुगुमा रारा ताल्
गाउँले चेली मीठो छ बोली बस्ला है माया जाल्
जे भन्यो त्यही पाईन्छ हेर नेपाल देशमा
रमायौ किन हे युवा सधै विदेशी भेषमा
! !
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
No comments:
Post a Comment