Friday, 16 March 2018

"म सुर्ती"

कविता :- "म सुर्ती"

पलास्टिक अथवा टिनको डब्बा
मेरो घर थियो,कही म एक्लै हुन्थेँ
कही "चुना" भन्ने साथी पनि हुन्थ्यो
म परिमाणमा "ऊ" भन्दा केही धेरै
मोटो रहन्थेँ... हामी मिलेर बस्थ्यौँ

प्रायः ८०% मानिसहरूले हाम्रो
अस्तित्व लुट्थेँ,  जब म सुतेको
हुन्छु तब मलाई तरुना देखी
लिएर बृद्ध सम्मकाले समाउथे
कोही गोरा, कोही काला,
कोही युवा, कोही अधबैँसे,
हुन्थे...  मलाई म सुतेको
घरबाट दुई जनाले समाएर
बाहिर निकाल्थे र ठूलो मैदानमा
लगेर राख्थे म यता उता हेर्थेँ
भाग्न कतै सक्दिन थेँ.....
ठूलो मैदानमा लगेर राखिएको
केही समय पश्चाता मलाई
यातना दिईन्थ्यो, आउथ्यो
कोही,मलाई माथिबाट थिचेर
रगड्थ्यो, म छट्पटाउथेँ,
कराउँथेँ मेरो पुकार कसैले
सुन्नि थिएनन् केवल "ताली"
पड्काउने हुन्थे प्याट प्याट प्याट

जब ताली बज्छ मेरो यातना
कम हुन्छ मलाई छोडिन्छ
रगड्न, ति मानवहरू
म माथी चडेर हल्लिन छोड्थे
म केही राहतको श्वास फेर्नै
लाग्छु तब पुनः दुई जनाले
समाउँथे र अँधकार गुफामा
लैजान्थे....

मलाई पत्तो हुदैन कहाँ
जादै छु,किन मलाई यातना
दिईयो...? मेरो गल्ती के हो..?
यसै बिचमा  दुर्गंध आउने
गुफामा लगिन्थ्यो.... ठूला ठूला
सेता पत्थरहरू पनि थिए
बिस्तारै लेगेर मलाई त्यो
गुफामाको एउटा कुनामा
ती दुई जनाले थेचारेर छोड्छन्
म चल्न सक्दिन, बोल्न सक्दिन
मलाई निचोरीन्छ, मेरो अस्तित्वको
बलात्कार गरिन्छ, मेरो खुन पसिना
चुस्न थाल्छन् र रमाउन थाल्छन्

भरपूर मेरो जवानीको रस चुसेर
अझैँ केही झर्छ कि भनेर यता उता
चलाउँछन्, निचोर्छन्, तर.......
तर मेरो जवानीको रस सकिएको
हुन्छ, मेरो अस्तित्व केही रहन्न,
अब मेरो केही महत्व रहदैन
अनि मलाई बिस्तारै त्यो
गुफाबाट खसालिन्छ अग्लो
भीरमाबाट म धेरै तल भुँईमा
आएर थेचारिन्छु
मलाई कसैले हेर्दैनन्
किनकी
म अस्तित्व लुटाई सकेको हुन्छु,
सबै थोक गुमाई सकेको हुन्छु,
न घर रह्यो, न साथी साथमा रह्यो,
यसरी जिन्दगी समाप्त गर्छु
" म सुर्ती " हजुर हो म सुर्ती.... ।

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

No comments:

Post a Comment