"गजल"
सधै मालिले हेला गरेपछि के भनौँ
पुष्प नै वृक्षबाट झरेपछि के भनौँ
!!
बिदाईका ती हात सहजै हल्लाउछन्
स्वयं एक्लै खोली तरेपछि के भनौँ
!!
जिउँदो छँदा चासो राखेनन् कसैले
याद गरेर बस्छन् मरेपछि के भनौँ
!!
मैले छुँदा पीडा हुने तिमीलाई प्रिया
पर पुरुषको काख सरेपछि के भनौँ
!!
'योगी' पनि 'योगी'रहने छैन कदापि
यत्र-तत्र प्रेम भाव छरेपछि के भनौँ
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment