"गजल"
नबोलूँ भन्छु किन किन बोल्न मन लाग्छ
छुचो भने पनि यो मुख खोल्न मन लाग्छ
!!
साँच्चै अप्सरा जस्तै लाग्छ उनी रिसाउँदा
र त यहाँ सदैब दुश्मनी मोल्न मन लाग्छ
!!
दु:ख र सुखको मिलन रहेछ यो जिन्दगी
रोदन सँगसँगै थोरै हाँसो घोल्न मन लाग्छ
!!
चुमी दिन्छ्यौ अधरमा समीप हुँदा जै'ले
त्यसैले तिमीलाई सधै पिरोल्न मन लाग्छ
!!
कस्तो अभागी खप्पर सधैँ दोष पाउँछु
र त बनेको काम'नि बिथोल्न मन लाग्छ
प्रकाश पाठक ''योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment