"मुक्तक"
छचल्किन्छ आँसु हाँस्न भन्छन् कोही
अतीतका ती खुशी मास्न भन्छन् कोही
आफूले साथ पाए,अरूको हात समाए
मलाई'नि अन्त नाता गाँस्न भन्छन् कोही
!!
"मुक्तक"
पोखिएको छ आँसु सँगाल्न सकिन
सधै दु:ख छ खुशी अंगाल्न सकिन
तिमी दूर हुँदा नि किन आउँछ याद
हियामा बस्यौ हिया पगाल्न सकिन
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत
No comments:
Post a Comment