Monday, 2 April 2018

स्वतन्त्र गजल

"गजल"

एक्लै सागर तर्छु भन्यौ केही बोलिन
आजै बेसी  झर्छु भन्यौ केही बोलिन
!!
तिम्रो खुशी हमेशा  देख्ने रहर थियो
मनले चाहेको गर्छु भन्यौ केही बोलिन
!!
सर्वस्व रैछौ तिमी भगवान् किन भनेनन्
शहरमा बसाई सर्छु भन्यौ केही बोलिन
!!
जाद्रै भयो सिमा नाघ्दा रीसले म बोलेँ
पासो लगाएर  मर्छु भन्यौ केही बोलिन
!!
उठाएँ झोला बा'आमा सम्झी गाउँ हिड्दा
मलाई लानु एक्लै पर्छु भन्यौ केही बोलिन

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नई भारत

No comments:

Post a Comment