"मुक्तक"
डालीबाट ओईलिएर भुँइमा झरेको थिएँ
दुनियाँको पाउले हान्दै धेरै पर सरेको थिएँ
कस्को कुरा सुन्यौ तिमीले महाजाल बुन्यौ
रोप्यौ छुरा मार्न भन्दै म त यसै मरेको थिएँ
प्रकाश पाठक "योगी''
भरतपुर २३ जगतपुर
हाल :- चेन्नेई भारत
"मुक्तक"
डालीबाट ओईलिएर भुँइमा झरेको थिएँ
दुनियाँको पाउले हान्दै धेरै पर सरेको थिएँ
कस्को कुरा सुन्यौ तिमीले महाजाल बुन्यौ
रोप्यौ छुरा मार्न भन्दै म त यसै मरेको थिएँ
प्रकाश पाठक "योगी''
भरतपुर २३ जगतपुर
हाल :- चेन्नेई भारत
गजल
सपना सपना नै रहेछ पूरा हुन्छ त खै
त्यो अधर चुम्न पाए कोही रुन्छ त खै
! !
बगर लाग्छ मलाई मेरै जिन्दगी आज
बाढी आएर किनारालाई छुन्छ त खै
! !
लाखौं कसम खाए प्रेमी प्रेमीकाहरूले
विहे पश्चात आँसले गह को धुन्छ त खै
! !
लोभी भमराको बीच फूल जस्तै तिमी
नदेख्दा माकुरीले अब जाल बुन्छ त खै
! !
सधै धाउँछु म मन्दिर,पीर चिन्ता बोकी
नवयुगको देवताले साच्चै सुन्छ त खै
! !
प्रकाश पाठक "योगी''
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- कतार
"मुक्तक"
भुल्नै सकिन बात,मनैमा अल्झियो,बताऊँ कसरी म
मायामा हुँदा घात, हियो चस्कियो, खटाऊँ कसरी म
मर्छु होला पक्कै, दुखेको छ छाती, मलम पाइन कतै
तड्पिएर मध्य रात, एक्लै बसियो, लगाऊँ कसरी म
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर,
हाल :- चेन्नई भारत
गजल
बिस्तारै-बिस्तारै जुनेली रात ढल्किदै थियो
उनको मुहारमा बैंसको लाली झल्किदै थियो
! !
उनले त मात्र मलाई 'इ' अधरमा चुमेकी थिईन्
थाहै छैन कहाँ -कहाँ आगो सल्किदै थियो
! !
बिन्ति खुल्ला नछोड्नु त्यो ढाडे बिरालोलाई
दूध पिलाएँ मैले तर, ऊ हड्डिमै पल्किदै थियो
! !
जानिले त, ल बस्नुस् है भन्दै डोलीमा चढेर गै
के थाहा जानेलाई क-कस्को छाती बल्किदै थियो
! !
म तपाईँलाई कदाचित् बिर्सिन्न भन्ने मित्रहरू हो
"योगी" बाटो लाग्दा कस्को आँसु छल्किदै थियो ?
! !
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
"मुक्तक"
आँखा रसाएको छ, सधैँ हाँसौ कसरी
खंजर धसाएको छ, अब बाचौ कसरी
थियो कोही पापी मन, धरधरी रुवायो
मायामा फसाएको छ, दिन काटौ कसरी
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
आफ्नै मुटु आज धेरै पर पठाएछु मैले
दिलको घाउ दुख्दा पनि खटाएछु मैले
! !
व्यार्थै कसैलाई मुटुमा सजाएछु मैले
उपहारमा अनमोल आँसु कमाएछु मैले
! !
कसैले माला लगाएर नयाँ जीवन पाए
माला लगाएपछि पो मुक्ति पाएछु मैले
! !
फूल कोमल छ अनि पवित्र पनि लाग्छ
त्यही फूलबाट नै सधैँ चोट खाएछु मैले
! !
दीयो अनि बातीको जस्तै रहेछ सम्बन्ध
तिमी बल्छ्यौ , म जलेरै सघाएछु मैले
! !
बाटोमा भेट्दा खेरी नझुक्किनु प्रिया तिमी
तिम्रो विहेपश्चात् "योगी"वस्त्र लगाएछु मैले
मुक्तक :- ( १ )
हत्या, हिंसा र बलात्कारको दुर्गन्धले श्वास फेर्न सक्दिन
मसाल जलाएर सिंहदरवारलाई मैले एक्लै घेर्न सक्दिन
ऐ सरकार म सहर्ष स्विकार्छु बरू मलाई फाँसी दिनुहोस्
पुन:अन्य चेलिहरूको बलात्कार अब मैले हेर्न सक्दिन ।।
मुक्तक :- ( २ )
मनमा पीडा छ बाचेको छु - आँखामा राखेर झरी
बनावटी हाँसो हाँसेको छु - यहाँ जसो तसो गरी
सधैँ , नसोध खबर निष्ठुरीले - निक्कै चासो दिएर
वियोगमा मर्नै आँटेको छु - हिड्छ्यौ सिन्दुर भरी ! !
नाम :- प्रकाश पाठक "योगी"
ठेगाना :- भरतपुर २३ जगतपुर चितवन नेपाल
हाल :- दोहा कतार
अनावश्यक हल्ला चलाउन के फरक पर्छ र
अमृत रोपेर बिष फलाउन के फरक पर्छ र
चितामा पुराउने षंड्यन्त्र किन गर्छौ प्रिय,
वियोगमा मरे झैँ छु जलाउन के फरक पर्छ र?
मुक्तक
नाम यौटाको, काम अर्काको गजब छ यार
दाम यौटाको, खाम अर्काको गजब छ यार
चन्दाको खेती रोप्दैछन् ज्यु ज्यु गरेर कोही
माम यौटाको, हाम अर्काको गजब छ यार ।।
नाम :- प्रकाश पाठक "योगी"
ठेगाना :- भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
सुनाउनेछु आफ्नै खबर सुन्नुहुन्छ भने
उजाडेर गै'छ ऊ गाँउघर सुन्नुहुन्छ भने
! !
श्रीमती बन्ने रै'छे प्रत्येकदिन कसैको ऊ
तर,फेरीने रैनछ उस्को थर सुन्नुहुन्छ भने
! !
जब आफ्नै ढुकढुकीकोत पत्तो नुहुँदा
कसरी दिलाउनु यहाँ भर सुन्नुहुन्छ भने
! !
जन्मेकिछन् छोरी न्याय हराएको देशमा
र त, छिमेकिकै लाग्छ डर सुन्नुहुन्छ भने
! !
जस्ले आफ्नो बास भताभुङ्ग पार्छ सधैँ
नेताजी , मान्छे कि बादर सुन्नुहुन्छ भने