Saturday, 16 March 2019

गजल

गजल

सपना सपना नै रहेछ पूरा हुन्छ त खै
त्यो अधर चुम्न पाए कोही रुन्छ त खै
! !
बगर लाग्छ मलाई मेरै  जिन्दगी आज
बाढी आएर  किनारालाई  छुन्छ त खै
! !
लाखौं कसम खाए प्रेमी प्रेमीकाहरूले
विहे पश्चात आँसले गह को धुन्छ त खै
! !
लोभी भमराको बीच फूल जस्तै   तिमी
नदेख्दा माकुरीले अब जाल बुन्छ त खै
! !
सधै धाउँछु म मन्दिर,पीर चिन्ता  बोकी
नवयुगको  देवताले  साच्चै सुन्छ त  खै
! !

प्रकाश पाठक "योगी''
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :-  कतार

No comments:

Post a Comment